केपी सरकार तिम्रो कदम फिर्ता लिनु पर्छ

फाल्गुन ४, २०७७ मा प्रकाशित | 3767 views

विवशकुमार सेजुवाल,

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघठन गरेको भन्दै प्रचण्ड नेपाल समुहको नेकपाले अहिले सडक आन्दोलन गरिरहेको बेला । पछिल्लो समय ओलीले चालेको कदमको विरोधमा राजनैतिक दल, नागरिक समाज, लेखक,कलाकार  लगायतले आफ्नो आफ्नो तरिकाले सडक आन्दोलन मार्फत विरोध गरिरहेका छन् ।

विरोधकै क्रममा प्रतिनिधि सभाको विघठन असंवैधानिक भएको भन्दै कालिकोट पलाँता गाउँपालिका अध्यक्ष एबंम सर्जक लक्ष्मण बहादुर बम ‘पलाँती कान्छाले’ आफ्नो नौँ साँगेतिक प्रस्तुति मार्फत प्रधानमन्त्री ओलीको कदम गित मार्फत केपी सरकार तिम्रो कदम फिर्ता लिनु पर्छ भन्दै विरोध गरेका छन् ।

राजनिती संगै साहित्य क्षेत्रमा कलम चलाउदै आएका गाउँपालिका अध्यक्ष बमले गजल, मुक्तक, गीत, धेरै साहित्यीक रचनाहरु गरिसकेका छन् । यो भन्दा अगाडी उनले ८ वटा गीती एलबम निकालिसकेका बमले उनको रचना संगितमा नेपालको चर्चित गायक प्रमोद खरेलले समेत स्वर दिइसकेका छन् ।

यो पटकको प्रस्तुतिमा नेता बमले प्रधानमन्त्री ओलीलाई रुपान्तरण भएर सच्चीनको लागि आग्रह गरेका छन् भने यदि ओलीलाई सबैभन्दा प्यारो कुर्चि नै हो भने उनलाई कुर्चिबाट सबैले झिकेर फाल्दिनु पर्ने बठोट गीत मार्फत गरेका छन् ।

नौँ प्रस्तुतिको रुपमा ल्याएको उक्त गीतमा रचना  संगित लक्ष्मण बहादुर बम ( पलाँती कान्छा ) को रहेको छ भने  उक्त गीतमा स्वर  अजय देवान, धर्मराज न्यौपाने र पछिल्लो समयकी चर्चित गायीका  निर्मला घिसिङ, लगायतको रहेको छ । उक्त गीत कालिकोटको कालो युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतको केहि अंश यस्तो छ

केपि सरकार तिम्रो कदम फिर्ता लिनै पर्छ

नत्र भने  जन्ता अब सडकमा झर्छ

सडकबाटै जनताले यो फैसला गर्छ

एक एक गरि थुतौ

कुर्चि प्यरो ठान्नेलाई कुर्सीबाटै थुतौ

निरंकुशलाई ढाल्नु पर्यो जुटौ युवा उठौ

जनआन्दोलन, जिन्दावाद

वीर सहिद, लालसलाम !

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web