पहुँचवालाले मात्र कोरोनाको खोप लगाएसगैँ डब्ल्यूएचओले दियो यस्तो चेतावनी

माघ ७, २०७७ मा प्रकाशित | 1336 views

विदुर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना विरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका प्रमुखले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बताएका छन् । गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने भनिएको छ ।

अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खोप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै यसबाट थप चुनौतीहरु आउनसक्ने (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । अहिलेसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोना विरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशहरुले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।

कोरोना विरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै डब्ल्यूएचओले अहिलेको  अवस्थामा खोपको मूल्य बढाउदाँ महामारी झन् बढ्ने र प्रतिबन्ध लगाउनुपर्दाको कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web