चुनावी गतिविधिमा सहयोग गर्न राजनीतिक दललाई आयोगको आग्रह

माघ ७, २०७७ मा प्रकाशित | 3065 views

विदुर । निर्वाचन आयोगले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन प्रक्रिया अघि बढाउनको लागी सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

नेपाल सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नयाँ मिति तोकेपछि आयोगले आइतबार ११ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर निर्वाचन प्रक्रियाबारे छलफल गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आ–आफ्नो मातहतका प्रदेश, जिल्ला, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ संगठन मार्फत निर्वाचन कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका लागि दलहरूलाई अनुरोध गर्नुभएको छ । तर आयोगको छलफलमा निर्वाचनलाई लिएर दलका प्रतिनिधिहरूको मत बाझिएको छ ।

मतदाता नामावली अद्यावधिक कार्य चुस्तदुरुस्त सम्पन्न गर्नरगराउन र मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्यमा राजनीतिक दलहरूका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले अनुरोध गर्नुभयो ।

आयोगले निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थल निर्धारण कार्यविधि निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति र निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web