निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपतिको हातमा

माघ ७, २०७७ मा प्रकाशित | 1413 views

काठमाडौ । निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभएको हो ।

आयोगकोे वार्षिक प्रतिवेदन स्वीकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागतमा सहयोग पुराउन अपिल गर्नुभयो । उहाँले लोकतन्त्रको सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दाबढी मतदाताको सहभागिता गराउनेतर्पm कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिनुभयो ।

आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने भएकोले अहिलेको महत्वपूर्ण जिम्मेवारीलाई अवसरको रुपमा लिन उहाँले आग्रह गनुभयो ।

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकोले तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन जरूरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउदै स्वतन्त्र, निश्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रम तथा मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई राजनीतिक दलहरूसँग परामर्श वैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम समेत सम्पन्न भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web