चुनावको लागी आयोगले दलहरुसंग गर्यो छलफल, दाहाल–नेपाल समूह समेत संलग्न

माघ ५, २०७७ मा प्रकाशित | 3174 views

विदुर । निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ ।

आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा मतदान केन्द्रबारे पनि छलफल भएको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् । छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको तर अहिले चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताउनुभयो ।

प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र संसद् पुनर्स्थापना या चुनावबारे अहिले नै निर्क्योल नभइ सकेकाले चुनावको तयारी गर्नु उचित नहुने कुरा आफूहरूले राखेको नेता पाण्डेले जानकरी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web