सूचनाको हकको प्रयोग गर्दै काँग्रेसका वडाध्यक्षले मागे सूचना

माघ ४, २०७७ मा प्रकाशित | 1191 views

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आज सूचनाको हक मार्फत सूचना माग गरेका छन् ।

१३ वटा वडामध्ये नेपाली काँग्रेसबाट बिजयी भएका ६ जना वडाध्यक्षहरुले सयूक्त रुपमा सूचनाको हकको प्रयोग गर्दै आफै सदस्य भएको बैठक र सभामा भएका निर्णय सहितको सूचना माग गर्दै आज नगरपालिका समक्ष निवेदन बुझाएका छन् ।

स्थानीयतहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको समय २०७४ साल जेठ ७ गतेदेखि हालसम्म भएको कार्यपालिकाको हालसम्मको बैठकको निर्णय, अहिलेसम्मको नगरसभाको बैठकको निर्णय सहितको विवरण माग गरिएको वडा नं. ३ का वडाध्यक्ष बद्री रिमालले जानकारी दिनुभयो ।

उहाँको अनुसार निवेदनमा नगरभित्र कार्यरत कर्मचारीको विवरण सहित स्वीकृत दरबन्दी, उनीहरुले प्राप्त गर्ने तलब भत्ता उपलब्ध गराउने सँस्थाको विवरण सहित चालु आर्थिक वर्षको पौष माहिनामा सवारी साधन मर्मत र इन्धन बापतको खर्च विवरण माग गरिएको छ । सूचना माग गर्दै लिखित रुपमा वडा नं.२ का बिरेन्द्रकुमार शाही, वडा नं ३ का बद्री रिमाल, वडा न.ं ७ का वडाध्यक्ष महेन्द्रबहादुर तामाङ, वडा नं. ८ का वडाध्यक्ष फैसिङ तामाङ, वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा न.ं १३ का वडाध्यक्ष दलबहादुर तामाङ सहितको ६ जना वडाध्यक्षहरुले निमित्त.प्रमुख प्रशासकीय अधिकृत पूर्णध्वज श्रेष्ठलाई बुझाएका छन् ।

“यसअघि मौखिक र लिखित रुपमा माग गरेको ूचना नपाएको कारण पुनः माग गरिएकाले कानून अनुसार पाउन सकिएन ।” वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपालले भन्नुभयो  सूचना आयोग समक्ष उजुरीको समेत पहलको लागी अहिले माग गरिएको सूचनाको निवेदनको बोधार्थ राष्ट्रिय सूचना आयोगलाई समेत दिइएको छ ।”

विदुर नगरकार्यपालिकाको अहिलेसम्म ४९ वटा कार्यापालिका बैठक अहिलेसम्मको सातवटा नगरसभामा भएको बैठकका निर्णयको गलत प्रयोग गरिएको तथा कर्मचारी नियुक्ती पारदर्शी नभएको लगायतका कैफियत पाइएकाले सूचना माग्नुपरेको वडाध्यक्षहरुले बताएका छन् ।

काँग्रेसबाट उम्मेदवार भएका ६ जना वडाध्यक्षहरुले नगरपालिकासंग सम्बन्धित जानकारी माग गर्नु जायज भएपनि उनीहरु नै सम्मिलित रहेको बैठकले गरेको निर्णय सूचनाको हक प्रयोग गरेर माग गर्नुलाई त्यस्तो गर्न आवश्यक नभएको नगरप्रमुख सञ्जु पण्डितले भयो ।

नगरकार्यापालिका, नगरसभामा भएका तथा गरिएका निर्णयहरु सबै कार्यान्वयनको लागी वडा कार्यालयमा पठाइने भएकाले अहिले सूचना नपाएको भनेर निवेदन दिनु नगरप्रमुख पण्डितले सस्तो प्रचारबाजी गर्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले कर्मचारी नियुक्त र सवारी साधनको लागी प्रयोग भएको इन्धन तथा मर्मतसम्भारको खर्चपनि कानून अनुसार नै भएकाले गलत केही नभएकाले सूचना दिन आवश्यक परेमा विचार गरिने छ ।

विदुर नगरपालिकामा रहेको १३ मध्ये ६ वटा वडामा काँग्रेसका उम्मेदवार वडाध्यक्षमा बिजयी भएपनि बाँकी सबै नेकपा समर्थित उम्मेदवार बिजयी भएका थिए । काँग्रेस समर्थित उम्मेदवारले नगरपालिका मार्फत वडामा बजेट अपुग दिने गरेको, कर्मचारी नपठाएको, सिधै नगर मार्फत गौरवको योजनामा नाममा वडाध्यक्षलाई थाहाँ नै नदिई आफूखुसी समिति बनाई योजना चलाउने गरेको भन्दै सुरुवाती समयदेखि असन्तुष्टि जनाउदै आएका थिए ।

काँग्रेस समर्थित सभाका सदस्यहरुको बिरोधका कारण गएको असारमा भएको सातौ नगरसभा बैठकमा होहल्ला र बहुमतको आधारमा बजेट कार्यान्वयनमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web