विदुर । पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो दिनमा क्रमशः कोरोना रोगको सक्रमणको दायरा घट्ने क्रममा शनिबार २४० जना व्यक्तिमा मात्र कोरोनाको सक्रमण देखिएको हो । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ५६ जना व्यक्तिमा संक्रमण देखिएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर स्वास्थ्य भएका छन् । यो सँगै निको हुनेको संख्या नेपालमा २ लाख ६१ हजार ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।

यसैगरी, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ९५४ जना पुगेको छ ।

17.86¡ÆC