विदुर । नेपाल सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ ।

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यही रणनीतिको मस्यौदा माथि अहिले छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

विपद्का बेला हुनसक्ने क्षति न्यूनीकरण र पुनरुत्थानका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रिय रणनीति निर्माणका अवधारणा अघि बढाइएको हो ।

विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण, पुनःलाभमा लगानी गर्नुपर्न अवस्थामा अर्थाभावले निम्त्याउने समस्यालाई रणनीति पछि सञ्चालन हुने कार्यक्रमले हल गर्ने विश्वास लिईएको छ ।

वित्तीय स्रोतको अभावमा यस्ता कार्यक्रम छोटो समयमा सम्पन्न गर्न गाह्रो हुने हुँदा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिको आवश्यकता महसुस गरिएको प्राधिकरणले जनाएको छ ।

26.41¡ÆC