फिकुरीको प्रहरीले पायो नयाँ भवन, बागमती प्रदेशका प्रहरी प्रमुखबाट शिलान्यास

माघ २, २०७७ मा प्रकाशित | 657 views

सातदोबाटो । नयाँ भवन बनेको केही समयै गएको विनासकारी भूकम्पले क्षति पुराएको प्रहरी चौकि फिकुरीको नयाँ भवन निर्माण गरेसगैँ उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नव–निर्मित भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उद्घाटन गर्दै भौतिक संरचनाको निर्माणको प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नको लागी उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दिनरात जनताको सेवाको लागी सुरक्षा गस्तीमा खटिनुपर्ने प्रहरीको लागी व्यवस्थित बाँसस्थान, आरमदायी कार्यकक्ष, सुरक्षाको दृष्टिकोणले प्रभावकारी संचरनाले उच्चमनोबल तथा उत्साहको साथ सेवा प्रवाहमा प्रहरीको भूमिका देखिने बागमति प्रहरी प्रमुख बसन्तकुमार लामाले बताउनुभयो ।

प्रहरीको नयाँ भवन उद्घाटन कार्यक्रममा किस्पाङ गाँउपालिकाको प्रमुख छत्रबहादुर लामाले पालिकाको फिकुरी र शान्तिबजारमा प्रहरी चौकी भएपनि अझै भाल्चेमा पनि प्रहरी इकाइको आवश्यकता रहेकाले त्यसको स्वीकृतिको लागी पहल गरिदिन बागमती प्रदेश प्रहरी प्रमुखलाई आग्रह गर्नुभयो ।

अहिले काहुलेमा प्रहरी इकाई स्थापना गर्नको लागी अनुमोदन भएपनि त्यसको सट्टामा काहुले र भाल्चेको बीचमा पर्ने गरेर भाल्चेहुदै साल्मेसम्म हेर्ने गरेर स्थापना गर्न सकेमा प्रभावकारी हुने आशा लिएको उहाँले बताउनुभयो । प्रहरी चौकी फिकुरीले नयाँ भवन पाएपनि प्रहरी चौकी शान्ति बजार भाडाको घरमा बस्नुपर्ने बाध्यता रहेको प्रति गाँउपालिकाले उचित स्थानमा जग्गाको व्यावास्थापनको लागी पहल जारी राखेको गाउँपालिकाको अध्यक्ष छात्रबहादुर लामाले बताउनुभयो ।

प्रहरी चौकी उद्घाटन कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, किस्पाङ गाँउपालिकाको उपाध्यक्ष मायादेबी न्यौपाने, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका (प्रमुख ईन्जजिनियर) प्रहरी उपरीक्षक ईश्वर थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी चौकी फिकुरीको नयाँ भवन निर्माणको लागी जग्गा उपलब्ध गराउनुभएको वडा नं.२ का वडाध्यक्ष समेत रहनुभएका देबनाथ भट्ट लगायतलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

नयाँ भवन उद्घाटनमा वडा नं. ३ का वडाध्यक्ष अमृतबहादुर तामाङ, वडा नं. ५ का वडाध्यक्ष नरहरी भट्ट, किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासर्कीय अधिकृत खुमबहादुर घर्ती लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत प्राप्त एक करोड ४० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्गतामैत्री सहितको कार्यालय र ब्यारेक भवन लगायतका संरचना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँको अनुसार भवनमा प्रहरी युनिटको लागी आवश्यक कार्यकक्ष सहितको बहुबिपत् प्रतिरोधि बनाइएको छ ।

यसअघि यही बुधबार प्रहरी चौकी पाटी भञ्याङमा निर्माण गरिएको नयाँ भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा मार्फत नै उद्घाटन गरिएको थियो ।

प्रहरी चौकी उद्घाटन समारोहको कार्यक्रम जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक ललिता ढकालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web