विश्व स्वास्थ्य सङ्गठनको टोली कोरोनाको उद्गम स्थल वुहानमा पुग्यो

माघ २, २०७७ मा प्रकाशित | 436 views

<p><b>विदुर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो ।&nbsp; विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिने जनाईएको छ ।&nbsp;<br></b></p><p><b>सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण भेटिएको थियो । (डब्ल्यूएचओ) को टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पाएपनि&nbsp; उत्तरी चीनमा कोरोनाको नयाँ सङ्क्रमण भने देखा परेको छ ।&nbsp;&nbsp;</b></p><p><b>विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वरेण्टीनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्ने बताईएको छ ।&nbsp;&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web