विदुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागी आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताउनुुभयो । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयन सम्बन्धी अनलाइन प्रविधि मार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षण दिन थालिएको छ । सहभागीलाई उहाँले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताउनुभयो । मतदाता नामावली ऐनअनुुसार निर्वाचनको मिति घोषणा भइसकेपछि त्यही निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक भने गर्न सकिने व्यवस्थाअनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम केही दिनमै सञ्चालन गर्न लागिएको छ ।

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पु¥याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीअनुरुप निर्वाचन गराउनु आयोगको प्रमुख कर्तव्यको रुपमा रहेको पाइएको छ ।

निर्वाचन व्यवस्थापनको आधारभूत पक्षका रुपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवं मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

17.84¡ÆC