यसरी भईरहेको छ पश्चिमी नाका गड्डाचौकी वाट मानव तस्करी

जेष्ठ ३१, २०७३ मा प्रकाशित | 979 views

<p>पप्पु गुरुङ्, ३१ जेठ, कञ्चनपुर ।&nbsp; मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नयाँ नयाँ ट्रिकहरु प्रयोग गर्दै नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य खुलेको छ । पछिल्लो समय सिमानाका चेक जाँचमा कडाई हुन थाले पछि तस्करहरुले स्थानिय ब्यक्तिलाई नै प्रयोग गरी मानव तस्करी गर्न लागेको पाईएको छ । उनीहरुले स्थानिय केहि होटेल ब्यवसायी तथा मुन्द्रे यातायातका नाममा संचालित मोटरसाईकल मा यात्रु वोक्ने व्यक्तिलाई प्रयोग गर्दै सहजै नाका कटाउने गरेका छन । विगत लामो समय देखी तस्करहरुले नेपालका अन्य क्षेत्रवाट विभिन्न प्रलोभनमा पारी भारत तथा तेस्रो मुलुकमा युवतीहरुलाई लैजानका निमित्त कञ्चनपुरका विभिन्न खुल्ला सिमानाका तथा पश्चिमी नाका गड्डा चौकी लाई प्रयोग गर्दे आईरहेका छन । काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, लगायतका जिल्लाहरुवाट दलालहरुको सेटिङमा तस्करहरुले बसमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सम्म पुर्‍्याउने र २/३ दिन यहाँकै होटेलहरुमा युवतीहरुलाई बसाउने गरेका छन । २/३ दिन बास बसेपछि महेन्द्रनगर बाट गड्डाचौकी हुदै भारतिय शहर बनवासा सम्म मुन्द्रे यातायातका नाममा संचालन भएका मोटरसाईकल मार्फत उनीहरुलाई भारतिय सिमा वजार बनवासा सम्म पुगाउने र त्यहावाट सिधै दिल्ली लगीने गरेको पाईएको छ । गत सुक्रवार मात्रै काठमाडौं बाट महेन्द्रनगर सम्म आएकी महोत्तरी माईस्थान गाविस १ की २५ वर्षिय युवती लाई भारतीय प्रहरीको सहयोगमा सुक्रवार माईती नेपाल कञ्चनपुरले भारतिय शारदा व्यारेज बाट उद्धार गरेको हो । काठमाडौं बस्ने तामाङ थरकी महिलाले दलालहरु संग सेटिङ गर्दै ३ दिन अघि काठमाडौ बाट महेन्द्रनगर जाने बसमा ति युवतीलाई बसाएको र महेन्द्रनगर पुगेपछि बसपार्क क्षेत्रकै १ होटलमा बास बस्न लगाएर दोसा्रे दिन एक जना भारतिय को मोटरसाईकलमा पश्चिमी सिमा गड्डाचौकी हुदै भारत तिर जादै गर्दा मानव बेचविखन विरुद्ध कार्य गर्ने भारतीय प्रहरीको एन्टी ह्युमन ट्रेफिकिङ सेल को सहयोगमा उद्धार गरीएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभएको छ । पछिल्लो समयमा मानव बेचविखन गर्ने दलालले सिमा क्षेत्रकै स्थानिय व्यक्तिहरुसंग मिलेर नयाँ नयाँ जुक्ति लगाएर मानव तस्कर भैरहेकाले मानव बेचविखन विरुद्ध कार्य गर्ने संस्थाहरुलाई ठुलो चुनौती भईरहेकोले संयोजक भट्ट ले चिन्ता ब्यक्त गर्नु भएको छ । पछिल्लो केही समय काठमाडौ दिल्ली , पोखरा —दिल्ली तथा महेन्द्रनगर—दिल्ली जाने बसहरुलाई सिमानाका मा कडाईका साथ चेकजाँच गर्न थालिए पछि दलालहरुले स्थानिय ब्यक्तिहरुलाई नै प्रयोग गर्न थालिएको उहाँको भनाई छ । माईती नेपाल कञ्चनपुरले मात्रै भुकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ४८ जना महिलाको रोकथाम गरी परिवारजन लाई बुझाएको र १८ जना को जोखिममा परिसकेपछि उद्धार गरीसकेको छ । जस मध्ये भारत का विभिन्न सहरबाट १६ जना महिला तथा कञ्चनपुर बाट २ जना महिलाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । मानव बेचविखनका लागी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर एउटा ट्रान्जीट पोईन्ट तथा सेल्टर एरियाको रुपमा विकसित भईरहेको र यसलाई सदरमुकाम का केहि होटेल ब्यवसायीको समेत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक केदाल खनाल ले जानकारी दिनुभएको छ । नेपाल बाट भारत जाने बस हरुमा प्रहरी तथा मानव बेचविखन विरुद्ध काम गर्ने सहयोगी संस्थाहरुले कडा निगरानी थालेपछि दलालहरुले स्थानिय मुन्द्रे यातायातका नामले सवारी बोक्ने ब्यक्तिहरुलाई प्रयोग गरीरहेको समेत प्रवक्ता खनाल ले खुलासा गर्नुभएको छ । महेन्द्रनगर वाट भारत पुर्‍्याए वाफत प्रती ब्यक्ति १५ हजार सम्म सवारी बोक्नेलाई दिने गरैको समेत अनुसन्धानका क्रममा पाईएको उहाँले बताउनुभयो । तस्करहरुले नेपाल बाट भारत सम्म आफ्नै लगानीमा युवतीहरुलाई दलाल हरु सम्म पुऱ्याउने र भारत बाट घरेलु कामदारको रुपमा भन्दै गैरकानुनी रुपमा खाडिमुलुकमा लैजाने र त्यहा पुगे अधिकांश नेपाली युवतीलाई यौन शोषण तथा बेश्याबृतीमा लगाउने गरेको प्रवक्ता खनाल बताउनुहुन्छ । स्थानियले नै केहि रकमको लागी नेपाली चेलीहरुलाई नारकिय जिवनमा धकेल्न सहयोग गरीरहेकाले यस्ता ब्यक्तिको पहिचान गर्नु पर्ने जरुरी देखिएको छ । यसरी कञ्चनपुर जिल्ला पछिल्लो समयमा मानव तस्करको अखाडा बन्दै गएकाले यहाँका सम्वन्धित सरोकार वाला पक्ष तथा राजनितिक संयत्रले बेलैमा सचेत भई यस्ता कार्यलाई निरुत्साहित पार्न नितान्त जरुरी देखिन्छ ।<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web