सयुक्त बैठकमा खोपदेखि सीमासम्मको छलफल

पुस २९, २०७७ मा प्रकाशित | 487 views

सयुक्त बैठकमा खोपदेखि सीमासम्मको छलफल

विदुर । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउने तर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पु¥याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हर सम्भव प्रयास हुने विश्वास गरिएको छ ।

सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः सुधारको लागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यही बिहीबारदेखि हुने भ्रमणले सुधार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web