नुवाकोटमा २९९औँ पृथ्वी जयन्ती मनाइयो

पुस २८, २०७७ मा प्रकाशित | 532 views

विदुर । २९९औँ पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिबस, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर नुवाकोट सहित देशैभर उत्साहका साथ मनाइएको छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ साल पुस २७ गते जन्मिएका बडामहाराज धिराज पृथ्वीनारायण शाहले बाइसे÷चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई  राष्ट्र निर्माताको उपमा समेत दिएर नुवाकोटको विभिन्न तीन स्थानमा कार्यक्रम गरेर मनाइएको हो ।

नेपाल एकीकरणको अभियान सुरु गर्दै पृथ्वीनारायण शाहले २५ वर्षसम्म नेपालको राजधानी नुवाकोटबाट सञ्चालन गरेको र उहाँको देहवसान समेत नुवाकोटमै भएकाले उहाँ प्रतिको सम्मान तथा जन्मोत्सवलाई विशेष कार्यक्रम आयोजना गरेर मनाउदै उहाँले नुवाकोटलाई दिएको महत्वलाई  बुझ्न नसकेको गुनासो राप्रपाका केन्द्रीय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले गुनासो गर्नुभएको छ ।

राप्रपा नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नुवाकोटमा सततले सहितको दरबार लगायतका संरचनाको निर्माण, नेपालको शासन नुवाकोटमा नै बसेर सञ्चालन गरिएको लगायतको नुवाकोटबासीले उहाँको महत्वलाई थप प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल सरकारले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा कटौती गरेपनि नुवाकोटबाट नेपाल एकीकरणको सुरुवात गर्नुभएको, नुवाकोटमा विभिन्न गढीको निर्माण, सततले दरबार, विभिन्न स्थानमा पाटी–पौवा, कुवा, चौतारो लगायतका संरचना निर्माण गरेर उहाँले आफ्नो शासन कालमा नेपालको राजधानी नै नुवाकोटबाट सञ्चालन गर्नुभएको स्मरण गर्दै नुवाकोटका जनताले पृथ्वी जयन्तीलाई भब्य रुपमा मनाउनुपर्ने विदुर नगरपालिका वडा नं २ को आयोजनामा नुवाकोट दरबार परिसरमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

यसैगरी, देवीघाटमा आयोजना गरिएको कार्यक्रममा विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डितले नगर क्षेत्रका पुरातात्विक तथा धार्मिक संरचनाको पुर्ननिर्माण देखि उहाँको योगदानको लागी नगरपालिकाले प्रथामिकता दिने बताउनुभयो ।

यस्तै, नेपाली सेनाले गोरखाबाट धादिङ, नुवाकोट हुँदै सुरु गरेको यो वर्षको पदयात्रा पनि सोमबार नै सिंहदरबार अगाडि पुगेर विशेष कार्यक्रमको बीच समापन गरिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै गएको वर्ष जस्तै यो दोश्रो वर्ष निकालेको पदयात्राको सोमबार विशेष कार्यक्रमको बीच समापन गरिएको हो ।

बिक्रम सम्वत १७७९ साल पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाह २० वर्षकै उमेरमा राजा हुनुभएको थियो भने उहाँको देहवसान ५२ वर्षको उमेरमा विक्रम सम्वत १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web