कोरोनाको खोप लगाउन ५७ हजार स्वास्थ्यकर्मी खटाइने

पुस २८, २०७७ मा प्रकाशित | 496 views

विदुर । सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने जानकारी दिनुभएको हो ।

मन्त्री त्रिपाठीले सरकारले खोप अभियानका रुपमा सञ्चालन गर्ने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने, कर्मचारी समायोजनका काम समाधान गरिने बताउनुभयो ।

खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई अलग नराख्ने बताउदै खोप अरु देशसरह नै छिटोभन्दा छिटो ल्याउनको लागी सरकारले जोड दिदै आएको छ ।

खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउँदै खोपका लागि जोखिममा रहेका अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकतामा राखिने भएको छ ।

त्यसका लागि तथ्यांक संकलन पूरा भइरहेको छ भने खोपलाई अभियान र मिसनको रुपमा लगिने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web