नुवाकोट प्रहरीको “सुरक्षा सतकर्ता अभियान”

पुस २४, २०७७ मा प्रकाशित | 623 views

विदुर । सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुब्र्यवहार बिरुद्धको विशेष अभियान चलाउदै आएको नुवाकोट प्रहरीले “सुरक्षा सतर्कता अभियान” मार्फत विभिन्न स्थानमा प्रचारात्मक कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र मातहतका प्रहरी ईकाई मार्फत जिल्लाको विभिन्न सार्वजकि स्थल, मुख्य बजार क्षेत्र, सार्वजनिक यातायातका साधनमा महिला तथा बाल–बालिका बिरुद्ध सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुब्र्यवहार सम्बन्धमा सचेतनामुलक स्टिकर टाँस गरेको हो ।

नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीको अनुसार बट्टारमा २५ वटा छोटो तथा लामो दुरिका सवारी–साधनमा यौनजन्य दुब्र्यवहार सहन नहुने, गर्न नहुने र कोही कसैलाई भइरहेको छ भने त्यसको जानकारी नजिकैको प्रहरीलाई दिन अनुरोध गरिएको सूचना टाँस गरिएको हो ।

यस्तै, तादि गाउँपालिकाको वडा नं. ३ खरानिटार र शिबपुरी गाउँपालिकाको वडा नं .६ छहरे–टोखा सडक खण्डमा चल्ने सवारीसाधनमा पनि यौनजन्य दुब्र्यवहार सम्बन्धमा सचेतनामुलक सूचना स्टिकरा टाँस गरिएको छ ।

सार्वजनिक सवारी–साधनमा यात्रा गर्ने यात्रु तथा चालक र सह–चालकलाई सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार र यसको बिरुद्धमा लाग्न मनोबल जगाउने कानुनको बारेमा जानकारी स्टिकरणको सहायताले पुग्ने विश्वास लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसी हरीबहादुर वलीले जानकारी बताउनुभएको छ ।

यसको साथै लैगिक हिंसा भएमा तत्काल प्रतिकार गरौं वा नजिकको प्रहरी कार्यालयमा खबर गरौं भन्ने जानकारी समेत सन्देशमूलक स्टिकरमा समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web