पत्रकार बानियाँलाई तीर्थराज भुसाल स्मृति पुरस्कार

मंसिर २६, २०७७ मा प्रकाशित | 1187 views

कावासोती । नेपालको बरिष्ठ तथा कुशल पत्रकार राजेन्द्र बाँनिया ‘तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । बाँनिया नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा प्रदान गरिँदै १५ हजार ५५५ रुपैयाँ पुरस्कार राशीको तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

ट्रष्टले कावासोतीमा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले पत्रकार बानियाँलाई उक्त पुरस्कारले सम्मान गरेको हो । पुरस्कार ग्रहणपछि पत्रकार बानियाले आफूले पाएको नगद पुरस्कार भने ट्रष्टमा नै रहने गरी नवलपुर एफएमकी प्रबन्ध निर्देशक स्वर्गीय भुसालपत्नी मुना दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । नेपालको बरिष्ठ तथा कुशल पत्रकार राजेन्द्र बाँनिया रेडियो, टेलिभिजन पत्रकारितामा लामो समयदेखि क्रियाशिल रहदै आउनुभएको छ भने आमसञ्चार तथा पत्रकारिता सम्बन्धि अध्यापन, अनुसन्धान लगायतको माध्यमबाट पत्रकारितामा संलग्न रहनुभएको छ ।

स्वर्गीय पत्रकार भुसालको तीन वर्षअघि नवलपुरको दाउन्नेमा भएको दुर्घटनामा निधन भएको थियो । भुसालको निधनपछि स्थापना भएको स्वर्गीय तीर्थराज भुसाल स्मृति ट्रष्टले हरेक वर्ष राष्ट्रिय स्तरका एक उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि पत्रकार यज्ञस र नवलपरासीका पत्रकार प्रेमचन्द्र रौनियार स्वर्गीय तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web