कोरोना बढेसगैँ जिल्ला प्रशासनको सेवा ‘बार अनुसार’ निर्धारण

कार्तिक २०, २०७७ मा प्रकाशित | 1869 views

नुवाकोट । कोरोना रोगको सक्रमणको समुदायमै बढिरहेको समयमा सरकारी कार्यालयमा सेवाग्राहीको बृद्धिले जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो सेवामा कटौती गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले मात्र पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै भोलि शुक्रबारदेखि एक दिनमा चार स्थानीयतहको मात्र काम गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको सूचना अनुसार अबदेखि एक दिनमा चार स्थानीयतहको मात्र काम हुने र त्यसको लागी नुवाकोटमा रहेका १२ स्थानीयतहलाई तीन समूह बनाई एक सातामा एक स्थानीयतहको दुईदिन मात्र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । प्रशासन कार्यालयको सूचना अनुसार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीको लागी आइतबार र बुधबार सेवा उपलब्ध हुने भनिएको छ ।

यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाको सेवाग्राहीको लागी हरेक साताको सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ ।

यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागी मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने व्यावस्था मिलाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

उहाँको अनुसार नुवाकोटमा समुदायस्तरमै कोरोना रोगको सक्रमण बढिरहेको र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढी भएकाले सामाजिक दुरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीयतहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको हो । अहिले सार्वजनिक गरिएको तालिका अनिश्चित समयको लागी कायम हुने उल्लेख गरिएको छ ।

नुवाकोटमा अहिलेसम्म कोरोना सक्रमितको सङ्ख्या ५७४ पुगेको छ भने सक्रिय सक्रमितको सङ्ख्या ३४९ रहेका छन् । कोरोना रोगको कारण जिल्लाभित्र एक र काठमाडौमा दुई जना गरेर तीन जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web