स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

कार्तिक १८, २०७७ मा प्रकाशित | 1789 views

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो तर उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनःतीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो । मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो ।

गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web