मच्छिन्द्रनाथलाई बुङ्मती २९ गते लगिने

भदौ २२, २०७७ मा प्रकाशित | 2445 views

<p><b>पुल्चोक । रथयात्राका लागि जावलाखेलमा राखिएका रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मती लैजाने साइत भदौ २९ गतेका लागि जुरेको छ । मच्छिन्द्रनाथका ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजान भदौ २९को साइत निकालेका हुन् । कोरोनाको जोखिमका कारण रथजात्रा छोट्याउँने सहमतिअनुसार सोमबार साइत हेरिएको हो ।&nbsp; यसअघि आइतबार&nbsp; रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने आज ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाइरहेका छन्&nbsp; । २९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती पु¥याएर त्यसको चौथो दिनमा बिचा पूजा गरेपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।</b><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web