रेडक्रसको स्थापना दिवसमा स्वास्थ्य सामाग्रि सहयोग र प्रचार

भदौ १९, २०७७ मा प्रकाशित | 2318 views

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवसको अवसरमा रेडक्रस नुवाकोट शाखाले पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

जिल्ला शाखाको कार्यालय विदुरमा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरि तथा विभिन्न सचतनात्मक र सहयोगात्मक कार्यक्रम गरेर नुवाकोट शाखाले रेडक्रको ५८ औँ स्थापना दिवस मनाएको हो ।

कोरोना रोगको सक्रमणको कारण औपचारिक कार्यक्रम गर्न नहुने भएकाले यसवर्ष रेडक्रस जन्मदाताको सम्मान, आइशोलेसनमा र क्वारेन्टिनमा स्वास्थ्य सहयोग र कोरोना रोगबाट बच्ने उपायको प्रचारात्मक सन्देश दिदै स्थापना दिवस मनाएको मन्त्री हरि श्रेष्ठले जानकारी दिनुभएको छ ।

रेडक्रस नुवाकोट शाखाले आफ्नो नियमित गतिविधि अन्तर्गत कोभिड–१९ अर्थात कोरोना भाइरस सम्बन्धि गतिविधि नियन्त्रणमा ल्याउन सहयोग पुराउने उद्देष्यले त्रिशूली अस्पतालको  आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीाम रहेका दशजना कोरोना सक्रमित र त्रिशूली क्वारेन्टिनमा रहेका दुई जना महिलाको लागी ब्यक्तिगत सरसफाई सामग्री उपलब्ध गराएको छ । सरसफाईका सामाग्रि रेडक्रस नुवाकोट शाखाका उप–मन्त्री सिता तामाङ र उप–कोषाध्यक्ष उद्धव शर्मा रिजालले त्रिशूली अस्पतालका प्रमुख डाक्टर रेमकुमार राईलाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दै कोरोना रोगको रोकथाम तथा नियन्त्रणको लागी रेडक्रसको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइएको छ ।

यसैबीच, रेडक्रस नुवाकोट शाखाले स्थापना दिवसको अवसरमा आजै बिदुरदेखि म्यागङ गाउँपालिकाको वडा नं. ५ सामरी स्थित स्वास्थ्यचौकीसम्म माइकिङगर्दै कोरोना रोगबाट बच्ने उपायका बारेमा सचेत गराएको छ । रेडक्रस नुवाकोट शाखामा सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीको अनुसार माइकिङ मार्फत कोरोना रोगबाट बच्ने उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड, रोग लागेमा अपनाउन पर्ने स्वास्थ्य सुरक्षा लगायतको बारेमा जानकारी गराइएको हो ।

नेपाल रेडक्रस सोसाइटी अन्तरगत नुवाकोटको विदुरमा एकवटा जिल्ला शाखा सहित विभिन्न २२ स्थानमा उपशाखाहरु सञ्चालनमा रहेका छन् भने रक्तसञ्चार, एम्बुलेन्स आँखा जाँच केन्द्र, सशस्त्र १० वर्षे द्धन्द्धको समयमा बेपत्ता भएका व्यक्तिको खोजी तथा पारिवारिक पुर्नमिलन लगायतका कार्यक्रम सहित विपद्मा रेडक्रसको भूमिका प्रभावकारी बन्दै आएको छ ।

‘जहाँ दुःख : त्यहाँ रेडक्रस’ भन्ने नारा सहित विपद् र द्धन्द्धको समयमा उद्धार र उपचारमा अग्रपक्तिमा क्रियाशिल रहने रेडक्रसले नुवाकोटमा भूकम्प पछि क्षति पुगेका आवासको पुर्ननिर्माण र जिविकोपार्जनको क्षेत्रमा कार्यक्रम चलाउदै आएको छ । PREPARE कार्यक्रम मार्फत नुवाकोटको किस्पाङ गाउँपालिकाको वडा नं. १ भाल्चे र वडा नंं ३ काउलेमा विपद् ब्यावस्थापन केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको PREPARE कार्यक्रमका फिल्ड संयोजक मधुसुदन थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web