विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना पुष्टि

भदौ ३, २०७७ मा प्रकाशित | 795 views

मोरङ ।  विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालमा भएको परीक्षणमा रानीमा कार्यरत ४४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २ जनाको सोमबार बेलुका र ४२ जनाको मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको हो । जसमा १० जना महिला प्रहरी रहेको प्रदेश प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि गणसँगै रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ३८ जना प्रहरीमा संक्रमण देखिएको थियो । कारोना देखिन थालेपछि गणलाई सिल गरएको प्रदेश १ का प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । ‘संक्रमण फैलन नदिन् गणलाई सिल गरेका छौं,’ उनले भने, ‘हिजो मात्र एक सयजनाको नमुना संकलन गरिएको छ ।’

उनका अनुसार प्रदेश १ मा ८७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार ४४ थपिएसँगै संक्रमितको संख्या १३१ पुगेको छ ।

प्रदेशमा १३९ जना थपिए

४४ प्रहरीसहित प्रदेश १ मा थप १३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ सहित १३९ संक्रमित थपिएका हुन । यससँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मंगलबार विराटनगरमा मात्रै ९६ जना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार मात्रै ३४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ११३३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web