च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सबै बिरामी

भदौ २, २०७७ मा प्रकाशित | 641 views

प्युठान ।  जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सबै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरूमध्ये दुई छोराको सोमबार राति उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लीला घर्ती र छोरा १७ वर्षीय शशी घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।

नौबाहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिनुभयो । “च्याउ खाएकै साँझबाट बिरामी परेका रहेछन्” उहाँले भन्नुभयो, “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सबै सदस्य बिरामी परेका थिए । च्याउ खाएपछि उनीहरूलाई पखाला लागेको भएपनि बाहिर खबर नगरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web