नुवाकोट । कोरोना (कोभिड–१९) को माहामारी विरुद्धको लड्न सांसद् बहादुरसिंह लामाले जिल्लाको सबै स्थानीयतहलाई स्वास्थ्य साहायता सामाग्रि आज उपलब्ध गराउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका लामाले व्यक्तिगत खर्चमा जिल्लाको बाह्रैवटा स्थानीयतहको लागी १५५ थान पिपिई (बुटसमेत), ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर (थर्मल गन), १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन–९५ मास्क, दशहजार थान सर्जिकल मास्क, पाँच हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र एक थान बिग स्प्रे मेसिन प्रदान गर्नुभयो ।

जिल्ला समन्वय समितिको सभाहल विदुरमा आयोजित कार्यक्रम मार्फत सांसद् लामाले जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी बाह्रै स्थानीयतहका प्रतिनिधिलाई पाँच सेट पिपिई, दुईथान थर्मल गन, एकथान स्यानिटाइजर स्प्रे मेसिन, पाँच लिटर ह्यान्ड स्यानिटाइजर, पाँच लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २० थान एन–९५ मास्क, तीनसय थान सर्जिकल मास्क र दुईसय थान कपडाको मास्क दिनुभयो ।

महामारीको समयमा सबै एक भई (सत्तापक्ष र प्रतिपक्ष नभनी) महामारी विरुद्ध लड्नुपर्ने भन्दै सम्पूर्ण राजनीतिक दल, प्रशासन, सुरक्षासंयन्त्र, सामाजिक संघसंस्था, उद्योगी–व्यापारी, सञ्चारकर्मी र नागरिकसमाजको सहकार्यले नै कोरोनाको महामारी रोक्ने सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आजै जिल्लाको विभिन्न स्थानको जिल्ला प्रवेसको नाकामा खटिएका सुरक्षा निकायका युनिट सहित जिल्लाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीको लागी पनि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनुभयो ।

यसअघि उहाँले जिल्लाको लिखु र किस्पाङ गाउँपालिकामा रहेका स्वास्थ्यचौकी र स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क)को लागी आवश्यक पिपिई, मास्क, थर्मलगन लगायतका सामाग्रि उपलब्ध गराउनुभएको थियो ।

21.63¡ÆC