दुप्चेश्वर गाँउपालिका वडा नं .१ को वडा कार्यालय भवन निर्माण सुरु

बैशाख २७, २०७७ मा प्रकाशित | 2667 views

नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नं. १ घ्याङफेदीमा वडा कार्यालयको नयाँ भवन बनाउन थालिएको छ । करीब ९१ लाख रुपैयाँ लागानीमा निर्माण थालिएको नयाँ भवनको आज जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले शिलान्यास गर्नुभएको हो ।

जिसस नुवाकोटको ५४ लाख रुपैयाँ र बाँकी गाँउपालिकाको लगानीमा निर्माण थालिएको भवनलाई तोकिएको अवधि आगामी असोज भित्रै कार्य सम्पन्न गर्न जिसस प्रमुख सन्तमान तामाङले निर्माण व्यावसायीलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले भाडाको भवनबाट सेवा दिदै आएको वडा कार्यालयलाई नयाँ भवन र्मिाण पछि जनतालाई प्रवाह गर्ने सेवा गुणस्तर र सरल बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले आफ्नै भवन नभएका अन्य वडामा पनि क्रमशः भवन निर्माणमा गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एस.के निर्माण सेवा मार्फत बनाउन लागिएको भवनमा ६ कोठाको ढेड तले पक्कि भवन रहने बताइएको छ । नयाँ भवन शिलान्यास कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले नयाँ भवन  अपाङ्गतामैत्री बनाउन लागिएको बताउनुभएको छ । भवन शिलान्यास कार्यक्रममा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी, वडा नं. १ का वडाध्यक्ष सुनबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web