उपचार खर्च अभावमा माइली तामाङले ज्यान गुमाइन्

बैशाख २७, २०७७ मा प्रकाशित | 2530 views

नुवाकोट  । दुप्चेश्वर गाँउपालिकाको वडा नं. २ ओढोरेको माइली तामाङको दुवै मिर्गौला खराबीको कारण मृत्यु भएको छ ।

दुवै मिर्गौलामा खराबी देखिएपछि चैत पहिलो साता उपचारको लागी भारत गएपनि त्यहाँ कोरोना  रोगको सक्रमणको कारण मिर्गौला फेर्नको लागी दाता खोजेर लैजान र रकम अभावले समयमै धरौटी रकम राख्न नसकेपछि घरर फर्कदै गर्दा आज बेलकोटगढी नगरपालिका वडा नं. ५ को कोप्पुटारमा आइपुगेपछि मृत्यु भएको  गाँउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

उनको दुवै मिर्गौलामा खराबी देखिएपछि गाँउपालिकाको तर्फबाट सहयोग उपलब्ध गराउन पहल भइरहेपनि भारतमा उपचाररत अस्पतालले नेपाल फर्कन भनेपछि उहाँकै पहलमा घरमा ल्याउन लागिएको समयमा बीचबाटेमा नै मृत्यु भएको हो ।

समयमै रोग पत्ता लाग्न नसकेको र आर्थिक अभावले ४८ वर्षका माइली तामाङले उपचार सेवा नपाएर मृत्यु भएको भन्दै गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुःख व्यक्त गर्नुभएको छ । उनको शवको आजै अन्तिम दाहसँस्कार गरिएको परिवारले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web