काठमाडौ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका पि्रन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ ।

छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।

के हो घटना ?

कर्माचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका हुन् । उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुकाअनुसार उनले त्यहीबेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने चेतावनी दिएकी थिइन् ।

परीक्षाको फुलमाक्स २० र पासमाक्स ८ र निर्धारण गरिएको थियो । परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइन् । सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।

निर्देशन नमाने आफैं चिरिदिने धम्की दिएपछि विद्यार्थीहरुले आ-आफ्नो हात काटेको पीडित विद्यार्थीहरुले बताएका छन् ।

सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरुको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।

कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।

21.02¡ÆC