सुचना सञ्चार तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

फाल्गुन ८, २०७६ मा प्रकाशित | 6083 views

काठमाडौ । चना सञ्चार तथा प्रविधीमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन । कमिसन मागेको अडियो सार्वजनिक भएपछि यसको छानबीनका लागी  नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन । उनले राजीनामा दिएको प्रतिनिधी सभाका सभामुख अग्नी सापकोटाले संसदलाई जानकारी दिएका छन ।

कञ्चनपुरबाट फर्केका बाँस्कोटाले फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर आफ्नो राजीनामा बुझाएका थिए । बाँस्कोटाले केहिबेर अघिमात्रै आफुमाथी प्रश्न उठेकाले आफुले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गदै केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन । उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको खबर सभामुखले पाएपछि उनले सुचना सञ्चार तथा प्रविधी मन्त्रीले राजीनामाको जानकारी संसदलाई अनौपचारिक रुपमा दिएका हुन ।

सञ्चारमन्त्री बाँस्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा माेलमाेलाइ गरेकाे अडिओ बाहिरिएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उनलाई बर्खास्त गर्न माग गर्दै सदन चल्न नदिने बताएपछि सभामुख सापकाेटाले राजीनामा दिइसकेकाे सदनलाई जानकारी गराएका हुन्।  "सम्बन्धित मन्त्रीले राजीनामा दिइसकेकाे अनाैपचारिक जानकारी आइसकेकाे छ," उठेर विराेध जनाइरहेका कांग्रेसका सांसदहरूलाई सम्बाेधन गर्दै उनले भने, "माननीय सदस्यहरु औपचारिक जानकारी पनि आउँदै हाेला। अब सदनकाे कारबाही अगाडी बढाऔं।"

तर, सभामुखकाे यस्ताे आग्रहपछि पनि कांग्रेसका सांसदले विराेध जारी राखेपछि सभामुख सापकाेटाले १३ फागुनसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web