काठमाडौ जाँदा अब गाडी धोएर मात्र जानुपर्ने 

माघ २३, २०७६ मा प्रकाशित | 1434 views

<p>विदुर । काठमाडौं भित्रने सवारीसाधनले धुलो एंव हिलो भित्राएको भन्दै अब काठमाडौं भित्रिने सवारीसाधन &nbsp;पखालेर मात्रै उपत्यका प्रवेश गराउनुपर्ने भएको छ ।<br>सवारीसाधन धुने ठाउँको निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्राउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको हो । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाउन लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । गाडी धुने स्थान मिलाउनको लागी विभागले अहिले धादिङ सहित विभिन्न &nbsp;पाँच ठाउको नाकामा जग्गा खोजी गरिरहेको जनाएको छ ।<br>काठमाडौं भित्रिने सवारीसाधन धोएर गरेर मात्रै प्रवेश गराउदा सवारीसाधनबाट हुने धुलो र हिलो कम हुने विश्वास गरिएको विभागले जनाएको छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web