नेपाल बाल संगठन प्रति समितिको चासो

माघ २१, २०७६ मा प्रकाशित | 887 views

विदुर । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल, अचल सम्पूर्ण सम्पत्ति एवं बालबालिकाको संरक्षकत्व यथाशीघ्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत ल्याउन निर्देशन दिएको छ । नेपाल बाल सङ्गठनका पदाधिकारीसगँको छलफलपछि समितिले प्रदेशगत र स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको हो ।

पाँच दशक लामो इतिहास भएको नेपाल बाल सङ्गठनले थुप्रै बालबालिकाको संरक्षकत्व निर्वाह गर्दै आए तापनि परिवर्तित शासन प्रणालीअनुरुप परिमार्जन हुन नसकेको समितिले जनाएको छ ।

बैठकले संघीय संरचना अनुसार बन्ने सबै व्यवस्थामा बालबालिका मैत्री बनाउन, न्यूनतम मापदण्ड पूरा गरेरमात्र बालगृह खोल्न, स्वास्थ्य तथा शिक्षा लगायत न्यूनतम आधारभूत आवश्यकता पूरा एवं नियमित गर्ने कार्य अघि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

समितिले बालबालिकाको हित प्रवद्र्धन गर्न खुलेका सम्पूर्ण गैरसरकारी संघसंस्थाको काम कारवाहीमा पारदर्शिता कायम गर्न, पोषणको अवस्थामा सुधार गर्न, बालबालिकाको अधिकार कुनै पनि कारणबाट खण्डित हुन नदिनतर्फ सजग रहन सरकारलाई सुझाव दिएको छ ।

समितिले बालबालिकालाई मर्यादित व्यवहार गर्न, सूचनाको हकसम्बन्धी ऐनबमोजिम बालगृहका गतिविधि तीन÷तीन महिनामा अद्यावधिक गरी सार्वजनिक गर्न तथा परोपकारको आवरणमा व्यापार चलाउने संस्थाको नियमित अनुगमन गर्न मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web