बृहत्त ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम शनिबार पनि जारी

माघ १८, २०७६ मा प्रकाशित | 750 views

बाघखोर । सोनाम ल्होछार पर्बको अबसरमा बेलकोटगढी नगरपालिकाको बाघखोरमा बृहत ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम शुक्रबार देखि चलिरहेको छ । शुक्रबारदेखि सुरु भएर शनिबारसम्म दुई दिन चल्ने कार्यक्रमको उद्घटन बागमती प्रदेशका उप–सभामुख राधिका तामाङले ल्होछार पर्वको महत्वलाई मध्येनजर गर्र्दैै प्रदेस सरकारले यही १० गते सार्वजनिक बिदा उपलब्ध गराएको र विभिन्न स्थानीयतहले दिएको सार्वजनिक बिदाले पर्व मनाउन र शुभकामना आदान प्रदानको लागी सहज पुगेको बताउनुभयो ।

बागमती प्रदेसको उप–सभामुख तामाङले भूकम्पको कारण क्षति पुगेका गुम्बा लगायतका बौद्धमार्गीको धार्मिकस्थलको पुर्ननिर्माणमा भएको ढिलाईले उल्लासपूर्ण बनाउन नसकेर गुम्बाको सट्टामा डाडाँ र खुल्ला चउरमा ल्होछार पर्व मनाउन बाध्य भएकाले त्यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन सहयोगको प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेस नं. ३ को नाम बागमतिको सट्टामा पहिचानबाट नेवाः ताम्सालिङ राख्न र राजधानी नुवाकोट राख्नको लागी पहल भएपनि केही प्राविधिक त्रुटीको कारण नसकेको स्वीकार गर्दै त्यसबाट पुग्ने असर तथा गुमाएको पहिचानलाई नुवाकोटमा औद्योगिक केन्द्र, तामाङ सम्पदायलको सग्राहलय लगायका माध्यमबाट सहयोग पुराउन आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको पहिलो दिन शुक्रबार बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुङ्गाना सहित विभिन्न वडाका वडाध्यक्ष लगायतका सरोकारवालाले ल्होछार पर्वको अवसरमा शुभकामना दिदै यस पर्वलाई बौद्ध र हिन्दुधर्मालम्वीको साझा पर्वको रुपमा मनाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् ।

तामाङ साँस्कृतिक संरक्षण समितीको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने कार्यक्रमले ल्होछार पर्वसंग सम्बन्धित पूजा, साँस्कृतिक कार्यक्रम लगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितीका संयोजक सुर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

“सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सास्कृतिक एकताको नारा : ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा” भन्ने नारा सहित सञ्चालन गरिएको कार्यक्रममा सुवास मोत्तान, युबी मंग्रेसी, लक्ष्मी स्याङत्यान, उसन लामा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साँस्कृतिक प्रस्तुती समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रमले तामाङ साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण प्रचारप्रसार, पर्यटन प्रबद्धन मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन बृहत ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रमले सहयोग पुग्ने बेलकोटगढी नगरपालिकास्तरीय तामाङ साँस्कृतिक संरक्षण समितीका बरिष्ठ सल्लाहकार नबराज लामाले जानकारी दिनुभयो ।

सोनाम ल्होछार पर्ब बिशेष कार्यक्रमको अबसरमा बेलकोटगढी नगरपालिका भित्र सञ्चालनमा रहेका बिद्यालयबाट गएको शैक्षिक सत्रमा प्रबेशिका परिक्षामा उतीर्ण भएका तामाङ छात्र–छात्रा र तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने प्रधानाध्यापकहरुलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web