विदुर । म्यागङ गाउँपालिकाको वडा नं. ५ पोखरीडाँडामा सञ्चालन भइरहेको ‘दोश्रो नागिनीकप अन्तर–जिल्लास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता’को फाइनलमा आयोजक ‘बी’ समूह र म्यागङ गाउपालिकास्तरीय युवा क्लब भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा जित गर्दा गदै शनिबार हुने फाइनलको लागी आयोजक ‘बी’ समूह र म्यागङ गाउपालिकास्तरीय युवा क्लबले फाइनमा प्रवेश गरेको हो । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक नागीनीथान युवा क्लब ‘बी’ समूहले फुटबल कर्नर टिम कल्लाबारीलाई २–० गोल अन्तरले हराउदै फाइनल पुगेको हो ।

कल्लाबारीलाई हराउनको लागी आयोजक बी समूहको तर्फबाट आकाश मगर र सञ्जय तामाङले १–१ गोल गर्नुभएको हो । यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा म्यागङ गाउँपालिकास्तरीय युवा क्लबले जनआवाज युवा क्लबलाई २–१ गोल अन्तरले हराएको छ । आत्मघाती गोलको साहाराले जनआवाज युवा क्लबले अग्रता लिएको भएपनि म्यागङ गाउँपालिकास्तरीय युवा क्लबको तर्फबाट लगातार दुई गोल विकाश थापामगरले फर्काउदै शनिबार हुने फाइनल प्रवेशको लागी स्थान पक्का गरेको हो ।

शुक्रबार भएको सेमिफाइनल खेल अवलोकन गर्न म्यागङ गाउँपालिकाको विभिन्न वडाका वडासचिव लगायतको समेत सहभागिता रहेको आयोजक नागीनीथान युवा क्लबका अध्यक्ष भुवन तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार अपरान्ह सञ्चालन गर्न लागिएको छ । शनिबार हुने फाइनल खेलको अवलोकनको लागी प्रतिनिधिसधा सदस्य एंव काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङ लगायतका अथिती सहभागि हुने कार्यक्रम रहेको छ ।

26.5¡ÆC