आकस्मिक प्रसूति सेवा सञ्चालनको तयारी

माघ ८, २०७६ मा प्रकाशित | 814 views

धुञ्चे । रसुवामा आकस्मिक प्रसूति सेवा सञ्चालन गरिने भएको छ । जिल्ला अस्पताल, रसुवाले सघन आकस्मिक प्रसूति सेवा तथा नवजात शिशु सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

सेवा सञ्चालनमा ल्याएपछि मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आउने ले जनाएको छ । सेवा सञ्चालनका लागि तीन वर्षदेखि बजेट आएपनि सेवा सञ्चालन नहुँदा तीन वर्षदेखि रकम फ्रिज हुँदै आएको थियो । १५ दिनभित्र जिल्लास्थित सबै सरोकारवालासँग छलफल गरेर सेवा सुरु गर्ने तथा यसको दिगोपनाको विषयमा छलफल गरिने जिल्ला अस्पताल रसुवाले जनाएको छ । अस्पतालका अनुसार दुई महिनाभित्र सेवा सञ्चालनमा आइसक्ने र सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न बजेटको व्यवस्था भइसकेको छ ।

अहिले अस्पतालमा सेवा सञ्चालन नहुँदा जटिल केस आएमा रेफर गर्नुको विकल्प नभएको अस्पतालले स्वीकार गरेको छ । संस्थागत सुत्केरीका लागि मासिक १२ जनासम्म आउने गरेका तीमध्ये दुई जनासम्म रिफर हुने गरेका अस्पतालले जनाएको छ । दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा सघन आकस्मिक प्रसूति सेवा एंव नवजात शिशु सेवा नहुँदा बर्षेनि गर्भवती, सुत्केरी तथा नवजात शिशुको ज्यान जाने गरेको छ ।

अघिल्लो महिनादेखि रसुवा जिल्ला अस्पतालले एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै भिडियो एक्सरे सेवा सुरु भएपछि भिडियो एक्सरे गराउन नुवाकोट आउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web