प्रदेस सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने

माघ ८, २०७६ मा प्रकाशित | 675 views

विदुर । बागमती प्रदेश सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने भएको छ ।

द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमूलक व्यवसायका लागि प्रदेशले सहायता रकम प्रदान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले द्वन्द्व प्रभावितलाई सहायता रकम माग गर्न निवेदन पेस गर्न आह्वान समेत गरिसकेको छ । फागुन मसान्तसम्मको समयसीमा निर्धारण गरी सम्बन्धित स्थानीय तहमार्फत सहायता रकमका लागि निवेदन दिन सूचना प्रकाशित गरिएको मन्त्रालयको सूचना बिभागले जानकारी दिएको छ ।

सूचना बिभागका अनुसार गणतन्त्र प्राप्तिका लागि भएका अन्दोलनमा बेपत्ता भएका, घाइते तथा अपांग भएका, द्वन्द्वबाट प्रभावित परिवारलाई स्वास्थ्य, सीप विकास एवम् व्यवसायमा सहयोग गर्न सहायता रकम प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत द्वन्द्व प्रभावित परिचयपत्र पाएकाहरूले कार्य्विधिमा तोकिए बमोजिम कागजात सहित तीन शीर्षकमा सहायता रकम माग गर्न सक्ने कानुनी प्राबधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web