विदुर । सर्वोच्च अदालतले पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस पुस २७ गते सार्वजनिक बिदा नदिनुको कारण सरकारसँग सोधेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार रिटमाथि पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकारसमेत दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका अवसरमा बिदा माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो । आधुनिक नेपाल निर्माणको मुख्य अभियानकर्ता पृथ्वी नारायणको स्मृतिमा पहिले सार्वजनिक बिदा दिने गरिए पनि पछि हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई निवेदन दर्ता गरेका थिए ।

सरकारका तर्फबाट राष्ट्रिय एकता दिवस पुस २७ मा विदा दिई हर्ष उल्लाषका साथ मनाउन, गोरखा दरबारको संरक्षण गरी पृथ्वीनारायणको सिंगो जीवनी झल्किने संग्राहलय राख्न रिट निवेदकको माग गरीएको छ । त्यसैगरी दिव्य उपदेशलाई अध्यापन गराउन लगायतका माग निवेदनमा गरिएको छ ।

26.7¡ÆC