बागमती प्रदेशको खर्च अबस्था निराशाजनक

माघ ७, २०७६ मा प्रकाशित | 5294 views

विदुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा करिब नौ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखी पुस मसान्तसम्ममा कुल खर्च नौ दशमलव दश प्रतिशत अर्थात् चार अर्ब ३३ करोड भएको बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाका प्रमुख एवं प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा ४७ अर्ब ६० करोड  रुपैयाँ बजेट विनियोजन भएकोमा खर्च भने निक्कै कम भएको छ । सात मन्त्रालयमध्ये दुई मन्त्रालयले मात्र छ महिनामा दश प्रतिशत बढी खर्च गर्न सफल भएको छ भने बाँकी सबै मन्त्रालयले दश प्रतिशत पनि खर्च गर्न नसकेको पाइएको छ ।

यस्तै सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च गरेको छ भने सबैभन्दा कम खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल बजेटको करिब ६१ प्रतिशत खर्च गर्न सफल भएको थियो । कुल बजेट ३५ अर्ब ६१ करोड मध्ये ६० दशमलव ६८ प्रतिशत अर्थात् २० अर्ब ६५ करोड रुपैयाँ मात्र खर्च भएको हो ।

गएको आर्थिक आर्थिक वर्षमा बागमती प्रदेशको सात मन्त्रालयसहित १० निकायमध्ये आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबैभन्दा कम र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web