नेपाली सेनाले नेपाललाई चाहिने जति विष्फोटन पदार्थ स्वदेशमै बनायो

माघ ६, २०७६ मा प्रकाशित | 912 views

काठमाडौ । नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ । सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी ढुक्क भएर प्रयोग गर्न आयोजना निर्माणकर्तालाई सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी हेगेन्द्रलाल महर्जनले विश्वास दिलाए ।

आयोजना निर्माणकर्तालाई मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण र त्यसबाट उत्पादित विष्फोटक पदार्थको काठमाडौँ–तराई मधेश द्रूतमार्गमा आज गुणस्तर परीक्षण पुष्टि गराउँदै सेनाले नियमित आपूर्ति र सुपथ मूल्यमा उपलब्ध हुनेमा पनि निश्चिन्त रहन सुझाव दिएको छ । उक्त प्लान्टमा यसै आर्थिक वर्षमा जडित नयाँ ईमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता दुई हजार ४०० भए पनि आवश्यकताअनुसार दोब्बरसम्म उत्पादन बढाउन सकिने जनाउँदै सेनाले आपूर्तिमा पनि कुनै समस्या आउन नदिने प्रतिबद्धता जाहेर गरेको छ ।

उक्त ईमल्सन प्लाण्टका लागि चाहिने कच्चा पदार्थ दुवै छिमेकी मुलुकबाट आयात गर्दै आएको छ । उक्त प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ प्रतिकिलो १९८ मूल्य हाल कामय गरिएकोमा त्यसलाई कसरी मूल्य घटाउन सकिन्छ भन्ने बारेमा सैनिक मुख्यालयले गृहकार्य गरिरहेको छ । सेनाले विष्फोटक पदार्थको मूल्यमा सन्तुलन ल्याउन र नियमित आपूर्तिका लागि उत्पादनकर्ता कम्पनीसँगै सम्झौता गर्ने तयारी गरेको छ ।

गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त नयाँ प्लान्टबाट हालसम्म १९४ मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन भइसकेको छ । उत्पादित सामग्रीमध्ये हाल ४२ मेट्रिक टन मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो । नयाँ प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ एक वर्षसम्म प्रयोग गर्न सकिने छ । कारखानामा हाल एक हजार २०० मेट्रिक टन कच्चा पदार्थ मौज्दात छ । पछिल्लो समय माग धेरै बढेकाले उत्पादन स्टक धेरै राख्नु नपरेको जानकारी दिइयो ।

विकास आयोजनालाई विस्फोटक पदार्थ ढुवानी सहज होस् भन्ने हेतुले सेनाले क्षेत्रगतरूपमा मुलुकका तीन स्थानमा २०० मेट्रिक टन क्षमताको डिपोमा भण्डारणको व्यवस्था गर्न लागिएको बताएको छ । पूर्वाधार निर्माण आयोजनाबाट आउन सक्ने मागलाई ध्यानमा राखेर सेनाले  ७०० मेट्रिक टन विष्फोटक कच्चा पदार्थका लागि एलसी खोलिसकेको छ ।

म्याग्दीस्थित ३८ मेघावाट क्षमताको निलगिरि एक विद्युत् आयोजनाका निर्माणकर्ता बलराम खतिवडाले यस वर्षदेखि ठूला जलविद्युत् परियोजना शुरु हुने भएकाले विष्फोटक पदार्थको मागलाई सम्बोधन गर्न सेनाका लागि चुनौती हुनसक्ने प्रतिक्रिया दिए । उनले भने, “नेपाली सेनाले उपलब्ध गराउने भनेको विष्फोटक पदार्थ गुणस्तरीय, सहुलियत मूल्य र आपूर्तिमा निरन्तता हुन्छ कि हुन्न भन्ने प्रश्न हो, त्यो भएको खण्डमा हामीलाई लिन करै लाग्ने छ ।”

आयोजना लगानीकर्ताले हाल भारतबाट विष्फोटक पदार्थ खरिद गर्दा भन्सार मूल्य जोडेर प्रतिकिलो १३२ रुपैयाँमा भन्सार विन्दुमा प्राप्त गरिरहेको हुँदा तुलनात्मक रूपमा सेनाको उत्पादन महँगो भएको प्रतिक्रिया दिएका छन् । सेनाले भने विष्फोटक पदार्थ व्यापार गर्ने र नाफा कमाउने उद्देश्यले नभई विकास आयोजना सञ्चालनकर्तालाई सहयोग पु-याउने हेतुले प्लान्ट सञ्चालन गरेको हुँदा गुणस्तर कायम, आपूर्ति सुनिश्चित र मूूल्यमा सन्तुलन कायम गर्नेमा विशेष ध्यान पु-याउने अठोट व्यक्त गरेको छ ।

यसअघि सोही स्थानमा सञ्चालनमा रहेको पुरानो प्लान्टबाट वार्षिकरूपमा २०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुँदै आएको छ । त्यसबाट उत्पादित सामग्रीको म्याद छ महिना रहेको थियो । सेनाले भनेको छ, “नयाँ प्लान्टको उत्पादन गुणस्तर अन्तर्राष्ट्रियस्तको छ, मागअनुसार उपलब्ध गराउने क्षमता वृद्धि गर्नेछौँ, आवश्यक परेमा मेसिन थप्नेछाँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web