स्वास्थ्य शिविर सम्पन्न

माघ ४, २०७६ मा प्रकाशित | 711 views

<p style="text-align: justify; "><b>विदुर । नुवाकोटको विभिन्न तीनस्थानमा अभियानको रुपमा सञ्चालन गरिएको स्वास्थ्य शिविर सकिएको छ । जंगली चिकित्सा परियोजना, अष्ट्रेलिया र ‘मदर चिल्ड्रेन आर्ट फाउन्डेशन’नेपालको संयुक्त आयोजनामा ककनीमा पुस २४ देखि २६ सम्म, चैजुमा २८ र २९ तथा शिवपुरीको काफलडाँडा स्थित महेन्द्र आधारभूत विद्यालयमा बिहीबार र शुक्रबार शुक्रबार दुई दिन आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सहकर्मी प्रविण थपलियाको अनुसार शिवपुरीको काफलडाँडा स्थित महेन्द्र आधारभूत विद्यालयमा बिहीबारदेखि सुरु भएर शुक्रबारसम्म सञ्चालन भएको शिविरमा १२२ जना बिरामीको स्वास्थ्य जाँच तथा परीक्षण गरिएको छ । बिहीबारदेखि नै सुरु भएको बर्षाको कारण जाँच गराउन आउनेको सङ्ख्या केही कमी भएपनि सेवा लिएका १२२ जना अधिकांशको बिरामी तथा शारिरिक रुपमा कमजोर वर्गका भएकाले सेवाबाट प्रभावकारी लाभ पुगेको आयोजक जनाएको छ । शिविरमा अधिकांश वुद्धबृद्धाहरुले जाँच गराउन आएको र उनीहरुको हड्डी खिइने तथा चिनि रोग र दम रक्तचाप सम्बन्धि समस्या देखिएका बिरामी धेरै पाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।<br></b></p><p style="text-align: justify; "><b>‘मदर चिल्ड्रेन आर्ट फाउन्डेशन’ले शिविर सहित विद्यालयका विद्यार्थीलाई खेलकुद र शैक्षिक सामाग्री एंव विद्यार्थीरुलाई कपि–कलम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर सिटौलाले बताउनुभएको छ ।&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web