प्राधिकरणको भविष्य खोज्न कार्यदल गठन

माघ ३, २०७६ मा प्रकाशित | 595 views

विदुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थपबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थपबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । पाँच वर्षका लागि २०७२ सालमा गठन गरेको पुनर्निर्माण प्राधिकरणको म्याद आगामी वर्ष सकिन लागेकोले निर्देशक समितिले म्याद थपबारे सिफारिस गर्न ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ । म्याद थपको सम्बन्धमा प्राधिकरणमा कार्यरत कर्मचारीकै संयोजकत्वमा कार्यदल गठन गर्नुलाई भने अनौठो मानिएको छ ।

साढे चार वर्ष अघि गएको विनासकारी भूकम्पले पुराएको क्षतिको पुर्ननिर्माणको लागी ‘पुनर्निर्माण सम्बन्धी ऐन, २०७२’ मा नेपाल सरकारले आवश्यक ठानेमा प्राधिकरणको म्याद एक वर्ष थप्न सक्ने प्रावधान बनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिसन कार्यदलमा अर्थ, गृह, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका सचिवलाई सदस्य बनाइएको छ । कार्यदलको प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको अर्को बैठकमा पेश हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web