ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम पड्कायो

माघ १, २०७६ मा प्रकाशित | 5477 views

<p>काठमाडौ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ नेकपा विप्लव समूहले बम विस्फोट गराएको हो । घटनाको जिम्मा विप्लव समूहले लिएको छ ।&nbsp;</p><p>महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका&nbsp; अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।&nbsp; बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले जनाए । विस्फोटका विषयमा अनुसन्धान भइरहेको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web