मुख्यमन्त्रीदेखि संघीय मन्त्री नै आचारसंहिताविपरीत भोट माग्न व्यस्त

मंसिर १२, २०७६ मा प्रकाशित | 5707 views

काठमाडौ ।  आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि संघीय तथा प्रदेश २ सरकारका बहालवाला मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताविपरीत आ-आफ्ना उम्मेदवारका प्रचारप्रसार गर्दै मत मागेका छन् ।

झण्डै दुई सातादेखि प्रदेश २ का बहालवाला मुख्यमन्त्रीदेखि मन्त्रीहरुले निर्वाचन आचारसंहिता २०७२ विपरीत प्रचारप्रसार गर्दै आएका छन् । प्रदेश २ को महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, रौतहट र पर्सासहितका जिल्लामा मुख्यमन्त्री र मन्त्रीहरु आआफ्ना उम्मेदवारका प्रचारप्रसार गर्दै आएका छन् ।

प्रदेश २ मा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार छ । चुनावको रन्को लागेदेखि नै मन्त्रीहरु आ-आफ्ना मन्त्रालयमा समय नदिइ झण्डावाल गाडी लिएर आ-आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्दै मत माग्दै हिँडिरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहनु भएका उपप्रधान एवं कानुन तथा न्याय मन्त्री उपेन्द्र यादवले पनि बुधवार महोत्तरीको पिपरासहितका ठाउँमा सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै आफ्ना उम्मेदवारको नाममा मत माग्दै पञ्जा छापमा मत हाल्न आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २, दफा ५ को खण्ड (ख) को उपखण्ड ८ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनीतिक दलले निर्वाचनका लागि आयोजना गरेको कार्यक्रममा भाग लिँदा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भनिएको छ ।

त्यस्तै परिच्छेद ३ को दफा ६ मा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवारको पक्ष वा विपक्ष बन्नु हुँदैन भनिएको छ । तर यहाँ प्रचारप्रसारको अन्तिम दिन मौन अवधिको पूर्व सन्ध्यामा नेपाल सरकारका मन्त्री उपेन्द्र यादवले सरकारी खर्च र प्रदेश सरकारको गाडीमा आफ्ना समाजवादी पार्टीका उम्मेदवारको प्रचारप्रसार गर्नुभयो ।

त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणबाट फर्केलगतै तीन दिनदेखि पञ्जा छापमा मत माग्दै प्रदेशका सप्तरीदेखि पर्साम्मको जिल्लामा हिँड्नुभयो । मंगलबार उहाँले पिपरा गाउँपालिकामा अबेर रातिसम्म चुनावी प्रचारप्रसार गर्नुभएको थियो ।

उहाँ विदेश भ्रमण हुँदा उहाँको पार्टीका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसहितका मन्त्री तथा राज्यमन्त्री गएको हप्तादेखि नै मन्त्रालय बस्न छाडेर प्रचारप्रसारमा हिँडिरहेका छन् ।

प्रदेश सत्ता साझेदार दल राजपा नेपालका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सहित राज्य मन्त्रीहरु समेतले गएको सातादेखि नै आफ्नो दिनचर्या नै आफ्नो पार्टीको उम्मेदवारको चुनाव चिह्नमा भोट माग्ने बनाए ।

प्रदेश २ सरकार गएको सातादेखि नै मन्त्री र सचिवविहीन छन् । मन्त्रीहरु चुनाव प्रचारप्रसारमा छन् भने सचिवहरु मन्त्री नरहेको फाइदा उठाउँदै काठमाण्डौ बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web