महराबाट सरकारी सेवा सुविधा फिर्ता, कोठा सर्न डेरा खोज्दै

अशोज १६, २०७६ मा प्रकाशित | 12164 views

काठमाडौ ।  निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।

महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।

गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।

संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए ।

महराल बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गएको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिनले उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web