सुन्दरादेवी माविमा प्रहरीको जनचेतनामूलक कार्यक्रम

अशोज २, २०७६ मा प्रकाशित | 6985 views

सातविसे । ईलाका प्रहरी कार्यालय खरानीटारको आयोजनामा तादी गाउँपालिका वडा नं. ४ स्थित सुन्दरादेवी माध्यामिक विद्यालयमा बिहीबार लागुऔषध तथा मानव बेचबिखन बिरुद्द जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

इलाका प्रहरी कार्यालय खरानीटारका इञ्चार्ज प्रहरी निरीक्षक नरेश महत्तो, प्रहरी नायव निरीक्षक कविन्द्र घिमिरेले उक्त विद्यालयका विद्यार्थीलाई लाग’औषध ओसार पसार र मानब बेचबिखनको घटना जघन्य अपराध भएकाले यस्ता घटनामा संलग्न नहुन र कोही कसैले यस्ता किसिमको अपराध गरेको सूचना पाएमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो ।
सहभागी विद्यार्थीहरुलाई लागुऔषध अन्तरगत आफ्नो गाउँबस्तीमा गाजाको बोट भएमा त्यसलाई फडानी गरेर स्थानीयस्तरमा उत्पादन हुने लागुऔषधबाट हुने अपराध अन्त्य गर्न आह्वान गरिएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिनुभयो ।

उहाँको अनुसार विद्यार्थीहरुलाई कानूनले निर्धारण गरे अनुसारको उमेर नपुग्दै (कम उमेरमा) बिबाह नगर्न, कसैले बिबाह गर्ने, राम्रो जागिर मिलाइदिने, बजारमा घुमाउन लैजाने, सामाग्रि किनिदिने तथा मिठो खुवाउने लगायतका लोभप्रलोभन देखाउन खोजमा त्यसको सूचना प्रहरीलाई दिनपनि आह्वान गरिएको छ ।

सहभागी विद्यार्थीहरुले आफूहरुले केही अपराधसम्बन्धिका गतिविधिको जानकारी पाएमा प्रहरीमा खबर गरेर सहयोग पु-याउने प्रतिबद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक एंव स्थानीय सरोकारवाला बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको समेत सहभागिता रहेको थियो ।

जिल्लामा मानवबेचबिखनको लागी प्रभावित क्षेत्र मध्येमा पर्ने साविक सुन्दारदेवी गाविस अन्तरगत पर्ने उक्त सुन्दरादेवी माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सचेत गराउनको लागी प्रहरीले उच्च प्रथामिकता दिएर कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त विद्यालय तथा त्यस आसपासको स्थानमा शक्ति समूह, नेपाल लगायतका सामाजिक सँस्थाहरुले पनि मानव बेचबिखन विरुद्धमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web