विदुर । गाईबाच्छा ओसारपसारको क्रममा कुटपिट गर्ने दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । विदुर नगरपालिका–४ बाट शनिबार पक्राउ परेका उनीहरुलाई कारबाहीको लागी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले आज जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाको अनुसार यहाँको किस्पाङ गाउँपालिका–३ का राज तामाङ र आइत तामाङले विभिन्न स्थानबाट संकलन गरेको गाईबाच्छालाई अन्यत्र लैजाने क्रममा निर्घात कुटपिट गरेको पाइएपछि कारबाही अघि बढाइएको हो ।

“विभिन्न स्थानबाट बट्टार स्थित हावाघरसम्म सवारी साधन मार्फत ल्याइएको गाईबाच्छा अन्यत्र लैजाने क्रममा कुटपिट गर्दा शनिबार एक गोरु मरेको थियो भने एक गाई सिकिस्त बिरामी अबस्थाको छ ।” थापाले भन्नुभयो “पन्ध्रवटा गाईबाच्छा सहित पक्राउ परेका तामाङद्धयलाई ‘पशुपन्छी सम्बन्धि कसुर’मा कारबाही हुनेछ ।”

उक्त अभियोगको कसुरमा प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुले विभिन्न गाउँबाट संकलन गरेका गाईबाच्छा ओसारपसार गर्न पशु चिकित्सकको छोटपुर्जी नभएको र कुन उद्देष्यले लैजान लागेको समेत खुल्न सकेको छैन ।

27.17¡ÆC