दुई वटा विद्यालयमा बम विस्फोट

भदौ २०, २०७६ मा प्रकाशित | 23569 views

सुनसरी ।  सुनसरीका २ वटा विद्यालयमा बम विस्फोट भएको छ ।

बिहीबार मध्यरातमा सुनसरीको इटहरीमा रहेको सुष्मा गोदावरी कलेज  र धरानको दिल्ली पब्लिक स्कुलमा बम विस्फोट भएको हो । विस्फोटबाट दुवै विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ । विस्फोटको जिम्मा नेत्र विक्रम चन्द समूहको नेकपाले लिएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाकासाथ शहरको चलेका विद्यालयमा विप्लव समूहले बम प्रहार गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रहरीले केहि दिन अगाडि विप्लव समूहका चन्दा उठाउने एक जनालाई इटहरीबाट पक्राउ गरेको थियो । त्यसैले डर देखाउन यो समूहले शैक्षिक संस्थामा बम प्रहार गरेको हो ।’

बम प्रहार गर्ने विप्लव समूहमाथि छिट्टै नै कारबाही गर्ने प्रहरीको भनाइ छ ।  चाडवाड नजिकिएसँगै सर्वसाधरण तथा अन्य स्कुलमा चन्दा असुल्न बम आतंक मच्चाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘उच्च सुरक्षाकासाथ अपराधिको खोजी भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web