काठमाडौ । सरकारले संसद्मा दर्ता गरेको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि राज्य व्यवस्था तथा सुशासन समितिले सहमतिको प्रतिवेदन तयार गरेको छ । संघीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा यो विधेयक सोमबारको प्रतिनिधिसभामा पारित हुने क्रममा छ ।

राष्ट्रिय परिचयपत्र भइसकेपछि अन्य कागजात खासै आवश्यक नपर्ने विधेयकमा उल्लेख छ । हरेक नागरिकले सार्वजनिक सेवा प्राप्ति गर्दा परिचयपत्र मुख्य आधार बन्ने गरी विधेयक प्रतिनिधिसभाबाट पारित हुन लागेको हो । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पनि यही विधेयक हुबहु पारित भए कार्यान्वयनमा आउनेछ ।

कुनै प्रयोजनका लागि जारी भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भइसकेपछि अन्य कागजात आवश्यक पर्दैन । राष्ट्रिय परिचयपत्रमा नाम, थर, जन्ममिति, लिंग, राष्ट्रियता, परिचय नम्बर, फोटो, परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी, स्थायी ठेगाना, नागरिकताको किसिम र नागरिकता नम्बर देखिने गरी उल्लेख गरिनेछ ।

विदेशी र गैरआवासीय नेपालीलाई छुट्टै परिचयपत्र
गैरआवासीय नेपाली तथा विदेशीलाई भने अस्थायी परिचयपत्र जारी हुने गरी विधेयकमा सहमति जुटेको छ । नेपाल भ्रमणकै लागि केही दिनलाई मात्रै आउने विदेशीलाई भने परिचयपत्र उपलब्ध गराइनेछैन । ‘तोकिएको अवधिभन्दा बढी बसोवास गर्ने विदेशीलाई तोकिएको दस्तुर लिने’ विधेयकमा व्यवस्था छ ।

20.49¡ÆC