चितवन । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको भन्दै प्रहरीबाट भइरहेको अनुसन्धान नै प्रभावित बनाउने गरेर फेसबुकमा स्टाटस लेखेका छन् । बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्।

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो। चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत आफ्नो अपराध लुकाउने र प्रहरीको अनुसन्धान प्रभावित बनाउने गरेर स्टाटस लेखेका हुन् ।

रवीबाट आत्महत्या गर्न बाध्य बनाएका शालिकको सूसाइड नोटका प्रमाणमा चितवन प्रहरीले गरिरहेको अनुसन्धान समेत प्रभावित बनाउदै उनले आफ्नो श्रीमतिको फेसबुकबाट झन समर्थकलाई आन्दोलनमा उचाल्न र हिंसात्मक गतिविधि भड्काउने शैलीको स्टाटस लेखेर अपराध लुकाउन चाहेको देखिएको छ ।

हेरौं रविको स्टाटस जस्ताको तस्तै :

19.35¡ÆC