नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

भदौ ४, २०७६ मा प्रकाशित | 26347 views

काठमाडौ । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । मगर र बजगाई मंगलबार राति ११ बजे उक्त गेस्ट हाउसभित्र छिरेका थिए।

बुधबार बिहान ढोका ढक्ढक्याउँदा खुलेन। गेस्ट हाउसका कर्मचारीले सामान्य ठानेर फर्किए। चेक आउटको समय हुँदासम्म बाहिर ननिस्किएपछि गेस्ट हाउसका कर्मचारीले ढोका पुन ढक्ढकाएका थिए। तर खुलेन। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। ढोका फोरेर हेर्दा अर्धनग्न अवस्थामा सविना ओछ्यानमा र यमबहादुर भुईँमा लडिरहेका थिए।

महाराजगन्ज प्रहरी वृतका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले मृत्युको कारण तत्काल भन्न नसकिने बताए। ‘चोटपटक केही देखिँदैन। पोस्टमार्टम रिपोर्टले कारण खुल्छ होला’, डीएसपी प्रसाईले भने। प्रहरीका अनुसार दुवै जना विवाहित हुन्। ३० वर्षीया सबिनाका श्रीमान वैदेशिक रोजगारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web