योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

साउन १५, २०७६ मा प्रकाशित | 2736 views

काठमाडौ ।  नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web