नुवाकोट साहित्य प्रतिष्ठानद्वारा ४ स्रष्टा सम्मानित

असार १५, २०७६ मा प्रकाशित | 10796 views

विदुर । नुवाकोट साहित्य प्रतिष्ठानले शनिबार ४ जना स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो। प्रतिष्ठानले चार स्रस्टासहित ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

महामण्डल साहित्य सम्मानबाट डा. नवराज लम्साल, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित भएका हुन्।

यस्तै नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद २५ हजार रुपैयाँसहित पुस्कार प्रदान गरिएको छ। कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद ५/५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो। प्रतिष्ठानले १६ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले बताए।

प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web